मनमौजि पैदलयात्री : कोही मोबाइल चलाउँदै, कोही कपाल हल्लाउँदै बाटो काट्दै
काठमाडौँ । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरू देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरूले रोकिदिए ।