काठमाडौं उपत्यका कै शान लिम्पिया नेशनल स्कुलले एसईई विशेष फुटसल तथा बास्केटबल प्रतियोगिता गर्दै छ । लिम्पियाले आफ्नै परिसरमा बिहीबार पत्रकार सम्मेलन गरेर यो विशेष प्रतियोगिताको टाईसिट जारी गरेको छ ।

प्रतियोगिताको औपचारिक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लिम्पिया नेशनल स्कुलका प्रिसिपल मदनराज रेग्मीले यो प्रतियोगिता प्रतिष्पर्धाका साथै खेल र खेलाडीको सम्मानका लागि कोशेढुंगा सावित हुने बताए ।

प्रतियोगितामा काठमाडौंको उत्तरपूर्वी भेग तथा अन्य क्षेत्रका स्कुल, कलेज, क्लव एवं अन्य संस्था गरेर फुटसलतर्फ २३ टोली तथा बास्केटबलतर्फ १८ टोली सहभागि हुँदै छन् । शुक्रबार र शनिबार दुई दिन चल्ने प्रतियोगिता नकआउट प्रणालीबाट खेलाइने आयोजक लिम्पिया नेशनल स्कुलले जनाएको छ ।

फुटसलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले नगद (क्रमशः २० हजार, १० हजार र ५ हजार), ट्रफी, मेडल तथा सर्टिफिकेट प्राप्त गर्ने छन् भने यसरी पहिलो, दोस्रो र तेस्रो हुने टोलीका खेलाडीले लिम्पियामा शत प्रतिशत (१००) स्कलरसिप पाउने छन् ।

बास्केटबलतर्फ पहिलो हुने टोलीले १५ हजार र दोस्रोले ७ हजार प्राप्त गर्ने बताइएको छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता एवं स्कोरकर्ता समेतले मेडल, सर्टिफिकेट तथा नगद पुरस्कार प्राप्त गर्ने आयोजक लिम्पिया नेशनल स्कुलका कोअर्डिनेटर किशोर टमटाले जानकारी दिए ।

यो प्रतियोगितालाई यसपल्ट व्यवस्थित बनाउने र आगामी दिनमा अन्य विधा प्लस गरेर थप प्रवद्र्धन गरिने कार्यक्रम संयोजक एवं लिम्पिया नेशनल स्कुलका ईसीए कोअर्डिनेटर राजकुमार दंगालले बताए । उनका अनुसार यो प्रतियोगिताको मुख्य प्रायोजक सिन्धु स्पोट्स हो । यस्तै, प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह भव्य हुने आयोजक लिम्पिया नेशनल स्कुलले जानकारी दिएको छ ।