काठमाडौं । यतिबेला नेपाली आमसञ्चार माध्यममा जताततै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गेटेरेसको चर्चा छ । उनको नेपाल भ्रमणसँग लामो समयदेखि अल्झिरहेको संक्रमणकालीन न्यायको मुद्दालाई जोडेर उधुम् प्रचार गरिएको छ । गुटेरेसको भम्रण संक्रमणकालीन न्यायको बाँकी प्रक्रिया टुंगो लगाउने सन्दर्भमा केन्द्रित रहेको स्वयं सत्ता सञ्चालकले भनेका छन् भने गुटेरेस स्वयंले पनि संक्रमणकालीन न्याय टुंग्याउदा तीन महत्वपूर्ण पक्षलाई निर्सन नहुने सुझाव दिएका छन् ।

पहिलो अन्तर्राष्ट्रिय मूल्यमान्यताको परिपालना, दोस्रो सर्वोच्च अदालतको आदेशको पालना र तेस्रो पीडितको भावनाको कदर । यी महत्वपूर्ण पक्षलाई ख्याल गर्न उनले पटक–पटक सुझाएका छन् ।
यता, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा टेबुल गर्ने तयारी छ । संयोग परेर वा पारेर महासचिव गुटेरेसको भ्रमणले धेरैको ध्यान खिचेको छ । विज्ञहरुल समेत राष्ट्रसंघका महासचिव गुटेरेसले शान्ति प्रक्रियाका बाँकी कामहरु छिटो टुंग्याउन सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले सन् २००६ मा शुरु भएको शान्ति प्रक्रिया ६ महिनामै टुंग्याउने भनेपनि अझै नटुंगिएकोप्रति प्रश्न गरेका छन् । राष्ट्रसंघका महासचिवको भ्रमण सर्वत्र चासोको विषय बनेपनि पीडितका पीडाबारे एकाध स्वर मात्रै सुनिएका छन् । संसदमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले द्वन्दका नाउँमा नियोजित रुपमा मारिएका उज्जन श्रेष्ठ, कृषण प्रसाद अधिकारी लगायतको नाम लिई यस्तो प्रकृतिका अपराध अक्षम्य रहेको बताएका छन् । अन्यले यस्ता गम्भीर मानवअधिकार उल्लंघनका घटना र व्यक्ति बेपत्ता पारेका सन्दर्भमा औपचारिक धारणा राख्ने बाहेक जोडबलका कुरा गरेका छैनन् ।

राष्ट्रसंघका महासचिव गुटेरेसले एक पल्ट गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको पोष्टमार्टम रिपोर्ट र उनैका बुबा नन्नप्रसाद अधिकारीको शव हेरेर फर्किउन् । जहाँ १६ वर्षको उमेरमा कृष्ण प्रसादलाई लखेटेर टाउमा गोली हानेर मारेका थिए, तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले । जुन पार्टीका तत्कालीन सुप्रिम कमाण्डर अहिले मुलुकको कार्यकारी सरकार प्रमुख अर्थात् प्रधानमन्त्री छन् । । कृष्ण प्रसादको पोष्टमार्टम रिपोर्टले टाउको पछाडीबाट हानिएको गोली निधारमाथिबाट बाहिर निस्किएको कुरा बोल्छ ।

यसले कृष्णप्रसादलाई लखेटेर पछाडिबाट गोली हानिएको ठहर्छ । गुटरेसले एकपल्ट छोराको निर्मम हत्या व्यहोरेर डेढ दशकदेखि न्यायका लागि संघर्ष गरिरहेकी गंगामाया अधिकारीलाई पनि भेट्ने हिम्मत गरुन् । जसले वीर अस्पतालको शय्या मै १२ वटा बडा दशैं कटाएकी छन् । १४ वर्षदेखि अन्न मुखमा हालेकी छैनन् ।

विभिन्न ठाउँको अवलोकन गर्दै गर्दा गुटेरेसले अमेरिकी दुतावास नजिकै रहेको त्रिवि शिक्षण अस्पतालको शव गृह पुगेर १० वर्षदेखि पहेंलो डिब्बाको घर्रामा थुनिएका नन्द प्रसादको शव हेरेर वास्तविक न्याय कसलाई चाहिएको छ, भन्ने बुझ्ने प्रयत्न गरुन् ।

महासचिव महोदयलाई उपहार !

कृष्ण प्रसादको पोष्टमार्टम रिपोर्ट

कृष्ण प्रसादका परिवारको अनुपस्थितिमा सदगद गरी चिठीमार्फत गराइएको जानकारी

प्रहरीले अनुसन्धान अधिकृत खटाएको चिठी

नन्द प्रसाद अधिकारीको डेथ सर्टिफिकेट

गंगामायाले वीर अस्पतालको क्याविन नम्बर १२ को उत्तरी भित्तामा टाँसेको तस्वीर ।