काठमाडौं । आयोजक लिम्पिया ए’सहित विट्स एकेडेमी, विद्यार्जुन र राइज अप ‘लिम्पिया फस्र्ट एसईई विशेष’ फुटसल टुनामेन्टको सेमीफाइनलमा पुगेका छन् ।

गोकर्णेश्वर नगरपालिकास्थित लिम्पिया नेशनल स्कुल कै फुटसल एरेनामा आयोजित एसईई विशेष फुटसलमा सहभागि २३ वटा टोली मध्येबाट नकआउट चरण पार गरेर यि चारले टोली अन्तिम चारमा पुगेका हुन् ।

शनिबार सेमीफाइनल हुँदैछ । सेमीफाइनलमा विट्स एकेडेमी र विद्या अर्जुन भिड्दा आयोजकतर्फको लिम्पिया ए’ र राइज अपबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक लिम्पिया नेशनल स्कुलले जानकारी दिएको छ । शनिबारको सेमीफाइनलले दुई फाइनलिष्ट र तेस्रो हुने टोलीको टुंगो लाग्ने र त्यसको निधो भए लगत्तै उपाधि भिडन्त हुने बताइएको छ ।

फुटसलसँगै बास्केटबल समेत आयोजना गरिएकामा मौसम प्रतिकूलताले उक्त स्पर्धा स्थगित गरिएको छ भने फुटसलतर्फ काठमाडौंको उत्तरपूर्वी भेग तथा अन्य क्षेत्रका स्कुल, कलेज, क्लव एवं अन्य संस्था गरेर २३ टोली सहभागि भए । फुटसल विजेता, उपविजेता र तेस्रो हुनेले नगद (क्रमशः २० हजार, १० हजार र ५ हजार), ट्रफी, मेडल तथा सर्टिफिकेट प्राप्त गर्ने छन् भने यसरी पहिलो, दोस्रो र तेस्रो हुने टोलीका खेलाडीले लिम्पियामा शत प्रतिशत (१००%) स्कलरसिप पाउने छन् ।

यो प्रतियोगितालाई यसपल्ट व्यवस्थित बनाउने र आगामी दिनमा अन्य विधा समेत प्लस गरेर थप प्रवद्र्धन गरिने कार्यक्रम संयोजक एवं लिम्पिया नेशनल स्कुलका ईसीए कोअर्डिनेटर राजकुमार दंगालले बताए। प्रतियोगिताको मुख्य प्रायोजन सिन्धु स्पोट्सले गरेको छ ।