काठमाडौं । बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुण्डलाई ३–१ गोल अन्तरले हराउँदै बायर्नले लगातार दशौँ सिजन उपाधि जितेको हो ।

बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १०औं सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ ।

घरेलु मैदानमा खेलको १५ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।

३४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता २–० को बनाए ।

खेलको ५२औं मिनेटमा इम्री क्यानले गोल गर्दै डर्टमण्डलाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८३औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए ।

यो जितसँगै तीन खेल अगाबै उपाधि जितेको हो । जितपछि शीर्ष स्थानको बायर्नले ३१ खेलमा ७५ अंक जोडेको छ ।

दोस्रो स्थानको डर्टमण्डले ३१ खेलमा ६३ अंक जोडेको छ ।