काठमाडौं । आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा ताराको ९ एन–एइटी दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

आइतबार मौसम खराब भएपछि खोजी प्रभावित भएकामा सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमै दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटिएका सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी गरी १९ यात्रु थिए । प्रभाकर घिमिरे अनुभवी तथा पुराना पाइलट हुन् ।