बर्दिया । जिल्लाका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) को स्थापना गरिएको छ । राजापुर नगरपालिका ७, को शङ्‍करपुर तथा वडा १० को झप्टीमा बीओपीको उद्घाटन गरिएको हो ।

शङ्‍करपुरस्थित बीओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले उद्घाटन गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मीनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायतको उपस्थिति थियो ।