काठमाडौं । चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो ।

उनीहरुलाई आइतबार बिहान काठमाडौं ल्याइ स्वास्थ्य जाँच गरिएको थियो ।स्वास्थ्य प्रतिवेदन सकारात्मक पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।